काठमाडौं । ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । बिहीबार गैरा वरपिपलमा ट्याक्टर दुर्घटना हुँदा १८ बर्षीय अप्सरा खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर १५० मिटर तल खस्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटना भएको उक्त ट्याक्टरमा ७ जना सवार थिए । अन्य यात्रु हामफालेर बाँच्न सफल भए भने चालक सामान्य घाइते भएका छन् ।


















