विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । 

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत सरकार गठनको आव्हान गरेका हुन् । सो धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । 

यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । 

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रवार विश्वासको मत पाउन सकेको थिएन । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।

 प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझावदिएको थियो