झापा । आज (सोमबार) बिहानै हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छिन्।
दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ हात्तीको आक्रमणमा परेकी हुन्। घटघनास्थल घरसँगै जोडिएको छ। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन्। शव धुलाबारी प्रहरीले उठाउने तयारी गरिरहेको जनाईएको छ।


















