डडेल्धुरा । विषालु च्याउ खाँदा डोटीमा एकै गाउँका ११ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ । शनिबार साँझ जंगली विषालु च्याउ खाएर बिरामी परेको बताइएको छ ।

डडेल्धुरा अस्पतालका अनुसार बिरामी सबैको उपचार भइरहेको छ ।