झापा । झापामा गएराति अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

 पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको हो ।

मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।