काठमाडौँ । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको नयाँ गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको गीतमा यदिन गजमेरको संगीत र रुपम सिंह गुरुङको एरेन्ज छ ।

अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको यो गीत रोमान्टिक शैलीमा तयार भएको छ । म्युजिक भिडियोमा मोडल स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । 

भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्, भने मानकृष्ण मर्हजनको छायांकन र बान्दे प्रसादको सम्पादन छ । 

भिडियो: