सप्तरी । सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीकोमाथि बलात्कार भएको हो ।
सो आरोपमा चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।
तीन जनाले बलात्कार गरेको र एक जनाले त्यसको वातावरण बनाएको प्रहरीले बताएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















