काठमाडौं ।गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’सार्वजनिक भएको छ । प्रेमभावको यो गीतको शब्द रचना सागर फुयालले गरेका हुन् । गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।

शुक्रबार राइजिङ मलस्थित क्युज सिनेमाजमा आयोजित पत्रकार सम्मेलनमा उक्त एल्बममा समावेश गीत ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरिएको हो । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् ।