काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। 

मित्र केसीले लेखेको गीतमा विष्णु तामाङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। 

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरूको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।