काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । 

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्,। 

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले सरकारलाई अवैधानिक भनेपछि कोशी सरकार निर्माण थप सकस परेको छ ।