काठमाडौँ ।  तीज पर्व नजिकिएसँगै  गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।

भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा  बबिनाकै सङ्गीत सुन्न सकिन्छ। 

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।