इटहरी ।इटहरीको प्रथम जाति थारुहरुको सिरुवा पर्वको अवसरमा भोली वैशाख ३ गते इटहरी उपमहानगरपालिकाले  सार्वजनिक विदा दिएको छ। सिरुवा पर्व प्रत्येक नयाँ वर्षको पहिलो महिना बैशाख भरी स्थानीय ग्राम तथा थानहरुमा विशेष पुजा पाठ गरेर वर्ष भरी नै  परिवार तथा समाजमा कुनै संकट नहोस,प्राकृति रुपमा कुनै विपती नआओस् भन्ने प्रार्थना गर्दै मेला महोत्सवमा सभागी भइ एकआपसमा शुभकामना आदनप्रदान गरेर मनाउने गरिन्छ ।