विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै साताभित्र सरकार विस्तार हुने बताएका छन् ।
सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको र त्यसकै आधारमा यही साताभित्र सरकार विस्तार गर्ने बताए ।
सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले सरकार विस्तार गरिने उनले बताए ।

















