काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दसैं घरमा जमरा राखिएको छ । आज (बिहीबार) घटस्थापनाको  दिन बिहान उत्तम साइतमा दरबारको दसैंघरमा  विधिपूर्वक जमरा राखिएको हो । 

दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । दसैंघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।