काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन् ।
सरकारको १०० दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेता र मन्त्रीहरु सहभागी छन् ।


















