काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ । बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एक जना मन्त्रीले जानकारी दिए ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।