इटहरी । सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। चाँदी पनि आज उच्च मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार पाँचसय कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो। आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।
चाँदी पनि आज सर्वाधिक महँगो बनेको छ। चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।


















