इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। छैटौँ स्मृति दिवसका अवसरमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
तुलाधरको स्मृतिमा शंखधर साख्वा स्मृति पार्क, रत्नपार्क लगायतका स्थानमा विभिन्न कार्यक्रम भएका छन्। कार्यक्रममा सहभागीहरुले तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
तुलाधर नेपालको शान्ति प्रक्रियाका एक अभियन्ता थिए। लामो समय नेपालको बामपन्थी आन्दोलनमा क्रियाशील तुलाधरको २०७५ सालमा निधन भएको थियो।


















