विराटनगर,  – गोरखाबाट विराटनगर आएका कैलाशकुमार गुरुङलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले २४ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरेको छ। सहनीलाई 'बब' भनेर पनि चिनिन्छ। कात्तिक ४ गते बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभंग बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सहनीले गुरुङलाई कुटपिट गरी दुवै हात भाँच्ने र टाउकोमा गम्भीर चोट पुर्याएको प्रमाण फेला परेको छ। घटनापछि प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन, गोप्य रुपमा सोधपुछ, र सिसीटीभी फुटेजको अध्ययन गरी अभियुक्तको पहिचान गरेको थियो।

IMG-20241029-WA0001

राजकुमार सहनीलाई आइतबार बेलुकी विराटनगर–११, बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई “कुटपिट तथा अंगभंग” शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार यो घटनाले विराटनगरमा सुरक्षा व्यवस्थामा चासो बढेको छ।