एजेन्सी । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेसन पुगेको छ।यी युवा अन्तरिक्ष यात्रीमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि पर्छन्। यो चीनको आफ्नै स्पेस स्टेसन हो।यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी ६ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्।
यी अनुभव र यसबाट प्राप्त जानकारी संकलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य छ।चीनले सेन्जोउ-१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ। चीनले अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ।करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरिक्ष उद्योगको विकास गरी चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना रहेको बताएका थिए।
यस मिसनकी पाइलट काई शुजे हुन्। उनी अनुभवी हुन् तर सन् १९९० को दशकमा जन्मिएका नयाँ पुस्तासँग यात्रा गर्दै छिन्। ‘उनीहरूको युवा शक्तिले मलाई जवान र अधिक आत्मविश्वास महसुस गराउँछ’, शुजे भन्छिन्।


















