पथरी शनिश्चरे - प्रथम वडाध्यक्ष भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि पथरी शनिश्चरे भेट्रानले जितेको छ। बुधबार पथरीशनिश्चरेको जातेँमोडस्थित खेल मैदानमा सम्पन्न फाईनल खेलमा पथरीले उर्लाबारी भेट्रानको टिमलाई २-० को अन्तरले हराउँदै उपाधि चुमेको हो।

जितको लागि पथरीका खेलाडी विक्रम लिम्बूले दुई गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए। उपाधिसँगै पथरी शनिश्चरेले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल जितेको छ। पथरीको जितमा लिम्बूको प्रदर्शन प्रशंसनीय रहेको थियो, जसले आफ्नो टिमलाई उत्साह र उत्कृष्ट खेल प्रदर्शन गरेको देखायो।

IMG-20241102-WA0006

प्रतियोगितामा उपविजेता बनेको उर्लाबारी भेट्रान्स टिमले नगद ५५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो। उक्त खेलमा दर्शकहरूले उत्कृष्ट फुटबल प्रदर्शनको आनन्द लिएका थिए।

फुटबल प्रेमीहरूको उत्साहजनक सहभागिता रहेको यो प्रतियोगिताले भेट्रान खेलाडीहरूलाई पुनः फुटबलमै रमाउन प्रेरित गरेको छ। आयोजक समितिले खेलको सफल समापनमा सन्तुष्टि व्यक्त गर्दै आगामी वर्ष यसलाई अझ ठूलो बनाउने योजना रहेको जानकारी दिएको छ।