विराटनगर - मोरङ प्रहरीले तास खेलिरहेको दुई स्थानमा छापा मारेर २० जनालाई पक्राउ गरेको छ। बुधबार राति विराटनगर महानगरपालिका-६ र कटहरी गाउँपालिका-२ मा प्रहरीले छापा हानेको थियो।
विराटनगर महानगरपालिका-६ भट्टी मोडस्थित विशाल देवान राईको घरमा राति ११ः३० बजे तास खेलिरहेका १२ जनालाई पक्राउ गरिएको हो। प्रहरी टोलीले छापा मार्दा विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रविकुमार महतो, ४१ वर्षीय रामकुमार सहनी, विराटनगर–११ का ३७ वर्षीय राजेश काफ्ले, ३६ वर्षीय शिवकुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय सञ्जीव सहनी, र खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भरतकुमार राई पक्राउ परेका छन्। प्रहरीका अनुसार, उनीहरूको साथबाट १ बुक तास र ५४,७१० रुपैयाँ नगद बरामद गरिएको छ।
यस्तै, कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा राति १२ बजे तास खेलिरहेका ८ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा घरधनी ५८ वर्षीय प्रभुकुमार साह, कटहरी–२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी–१ का ४६ वर्षीय प्रदीपकुमार साह छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ र ४ हजार ६ सय भारतीय रुपैयाँसहित ३ बुक तास पनि बरामद गरेको छ।
डीएसपी बुद्ध श्रेष्ठ र इन्स्पेक्टर हेमराज ओलीको संयुक्त टोलीले उक्त छापामारी अभियान सञ्चालन गरेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।


















