विराटनगर,  – मोरङ चेम्बर अफ कमर्सले बिराटनगरमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरियालाई सम्मान गरियो।

कार्यक्रममा अध्यक्ष पोखरेलले एसपी चिमरियालाई स्वागत सम्मान पत्र प्रदान गरी सम्मानित गरेका थिए। उनले प्रहरी र सर्वसाधारणबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने र सर्वसाधारणले सहज सेवा प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रमुख अतिथि एसपी नारायण प्रसाद चिमरियाले प्रहरी र व्यापारी समुदायबीच हातेमालो गरेर काम गर्न र सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रतिवद्धता जनाए।

कार्यक्रममा मोरङ चेम्बरका उपाध्यक्ष शिव प्रसाद रिजाल, कोषाध्यक्ष मनोज कुमार मिश्र, सचिव हरिबादुर श्रेष्ठ, र अन्य सदस्यहरू घनश्याम कावरा, जुगल किसोर राठि, भरत थापा, सिता देवी अधिकारी लामिछाने, रेखा पराजुली, र माया ओझाको उपस्थिति रहेको थियो। उद्घोषण महासचिव कृष्णप्रसाद दाहालले गरेका थिए।

मोरङ चेम्बर अफ कमर्सको यो कार्यक्रमले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।