काठमाडाैं । तीनवटा सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भए पनि सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
उनीविरुद्ध सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो।तर उनी अहिले पनि गाउँपालिकाकाे उपाध्यक्षका रूपमा निर्धक्क सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।
हिजो मंगलबार मात्र उनी फिक्कल-३ स्थित प्रकाशोदय माविको अभिभावक भेलामा सहभागी भएका छन्। उनी आफैँले सामाजिक सञ्जालमा त्यसको तस्बिर राखेर जानकारी दिएका छन्।


















