विराटनगर – विराटनगरमा सम्पन्न ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को फाइनल प्रतियोगितामा ओसियनजंग थापा र उपासना रमदामले क्रमशः ‘मिस्टर’ र ‘मिस’ कोशीको उपाधि जितेका छन्। उनीहरूले उपाधिसँगै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा विभिन्न विधागत अवार्डहरू प्रदान गरिए।

मिस्टरतर्फका विजेता:

फस्ट रनर अप: असिम तिम्सिना (विराटनगर)

सेकेण्ड रनर अप: आरोहण पोखरेल (विराटनगर)

थर्ड रनर अप: अर्मान जिमी (इटहरी)

फोर्थ रनर अप: संगीत धमला (धरान)

फिफ्थ रनर अप: श्रीयांश थापा (विराटनगर)

सिक्स्थ रनर अप: उनय राई (विराटनगर)

अर्गनाइजर्स च्वाइस विनर: आरभ राजवंशी (विराटनगर)

मिसतर्फका विजेता:

फस्ट रनर अप: स्मारिका दंगाल (विराटनगर)

सेकेण्ड रनर अप: रियांशा सापकोटा (विराटनगर)

थर्ड रनर अप: ग्रेसी कार्की (विराटनगर)

फोर्थ रनर अप: इशानी ढकाल (विराटनगर)

फिफ्थ रनर अप: जिज्ञासा निरौला (विराटनगर)

सिक्स्थ रनर अप: निश्चिता लुंगेली (इटहरी)

अर्गनाइजर्स च्वाइस विनर: इशानी ढकाल (विराटनगर)

सम्मानित अतिथिद्वारा पुरस्कार वितरण

विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्य सचिव कृष्ण बस्नेत, र नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गरे।

निर्णायक मण्डल

प्रतियोगिताको निर्णायक मण्डलमा:

मेन हण्ट इन्टरनेसनलका संस्थापक अनुप सक्सेना

हाउस अफ फेसनका संस्थापक, मोडल तथा प्रशिक्षक ओसिमा बनु

कोशी प्रदेशका पूर्व महान्यायधिवक्ता रुपेश कोइराला

हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल

आयोजकको धारणा

जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले बालबालिकामा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिँदै आएको बताए। उनले निकट भविष्यमा विभिन्न प्रोजेक्ट सञ्चालन गर्ने योजना रहेको र तिनमा विजेता तथा उपविजेतालाई पनि सहभागी गराइने जानकारी दिए।

प्रतियोगिताले बालबालिकाको आत्मविश्वास र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ।