इटहरी । इटहरीमा म्याजिक र मोटरसाइकलको ठक्करमा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। इटहरीका इलाका प्रहरी कार्यालयका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी-१७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो।
दुर्घटनामा संखुवासभा धर्मदेवी नगरपालिकाका ३२ वर्षीया युवराज गुरुङ र उनकी पत्नी टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। म्याजिक इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदै गएको थियो। घाइते दुवै जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरे। म्याजिकको पहिचान गर्न सीसी क्यामेरा हेरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















