वाना - संखुवासभा  जिल्लाकाे पाँचखपन नगरपालिका– ६ का  कृषक सलबहादुर कार्कीले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि  वडा कार्यालयले सम्मान गरेको छ ।

FB_IMG_1732719639550पाँचखपन नगरपालिका– ६ का वडाध्यक्ष विष्णु श्रेष्ठ सहितको  टोलिले बुधबार सलबहादुर कार्कीको दाइँ गर्दै गरेको खलामा पुगेर सम्मानपत्रसहित नगद २० हजार रुपैयाँद्वारा सम्मान गरेको हो ।  आर्थिक वर्ष ०८१/८२ मा वडासभाले ‘एउटै खलाबाट सबैभन्दा धेरै धान थन्क्याउने कृषकलाई पुरस्कारको व्यवस्था’ गरिने शीर्षकअन्तर्गत ६ नम्बर वडाभित्र सबैभन्दा बढी सलबहादुर कार्कीले धान उत्पादन गर्न सफल भएकाले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । 

वडाभित्रका उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्ने नीति वडासभाबाट  समेत पारित गरिएको थियो।