इटहरी । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ।निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझी ६ हजार ९६९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाएका छन् भने एमाले तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएका छन्।यहाँ राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत ल्याएका छन्।
यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। २०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए।
उनले ७६०५ मत पाएका थिए। त्यतिबेला एमालेका शिव नारायण माझी थारुले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए।


















