इटहरी । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छिन् ।

उनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसी र नवीन कार्यका लागि’ यो पुरस्कार दिइएको हो ।

सन् २०१८ देखि पालैपालो पुरुष र महिला लेखकहरूलाई यो पुरस्कार दिँदै आएको छ । गत वर्षको पुरस्कार हंगेरीका उपन्यासकार लास्लो क्रास्नाहोर्काइले पाएका थिए । त्यसैले समीक्षकहरूले यस वर्ष कुनै महिला लेखकले यो सम्मान पाउने अनुमान थियो । 

पुरस्कार घोषणा हुनुअघि कार्सन र चिनियाँ अवान्त–गार्ड लेखिका क्यान सुएलाई मुख्य दाबेदार मानिएको थियो । नोबेल पुरस्कारलाई नजिकबाट पछ्याईरहेका केही पत्रकारहरूले भने अन्य सम्भावित विजेताहरूको नाम पनि सुझाएका थिए ।


नोबेल विजेताले १२ मिलियन स्विडिश क्रोनर पाउनेछन् । यो रकम लगभग १.२ मिलियन डलर बराबर हुन्छ ।