इटहरी । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ ।

नर्वेजियन नोबेल समितिले रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानून प्रवद्र्धनमा योगदानका लागि पुरस्कार दिएको जनाएको छ ।

समितिले युद्ध अपराध, मानवता विरोधी अपराध र नरसंहारविरुद्ध मुद्दा चलाइने सुनिश्चित गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।

उनले असाधारण साहस र निष्ठाका साथ अझ व्यापक विश्वव्यापी कानुनी व्यवस्थातर्फ बाटो देखाएकी नोबेल समितिले उल्लेख गरेको छ । युद्ध अपराध, मानवता विरोधी अपराध र नरसंहारविरुद्ध मुद्दा चलाइने कुरा सुनिश्चित गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ ।

अहिले नाभी पिल्ले म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत छिन् ।