काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको खेलमा आज सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रले टस जितेर चितवन राइनोजविरुद्ध पहिले बलिङ रोजेका छन् ।
चितवन राइनोजको कप्तानी आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले गरेका छन् । सिकन्दर जिम्बाव्वेका लागि अफगानिस्तानविरुद्धको सिरिज खेलेर नेपाल आइपुगेका हुन् ।
यसअघि चितवनको कप्तानी रवि बोपाराले गरेका थिए ।
आज भएको पहिलो खेलमा काठमाण्डु गोर्खाले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।


















