अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुर मध्यपूर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ।
सोमबार अपरान्ह्र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुससहित नियन्त्रणमा लिइएको हो।
हाल अख्तियारको टोलीले घटनास्थलमै बरामद रकमको गणना गर्ने तथा मुचुल्का उठाउनेलगायतका कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।


















