काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जीतपछि ४ खेलबाट ४ अंक जोडेको छ ।

चितवनको पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाले रद्द हुँदा लुम्बिनी लायन्ससँग १–१ अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ । चितवनको हारपछि अब साविक विजेता लुम्बिनी मात्र तेस्रो संस्करणमा एक मात्र अपराजित टिमको रुपमा छ ।


एनपीएलमा मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।