इटहरी । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदी आज प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँमा किनबेच भएको छ ।


















