काठमाडौं । एनपीएलको साविक विजेता लुम्बिनी लायन्सले टस जितेर बलिङ रोज्दै पोखरा एभेञ्जर्सलाई ब्याटिङको निम्तो दिएको छ ।
आजको दोस्रो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएलको तस्रो सिजनमा लुम्बिनी अपराजित एक्लो टिम हो भने पोखरा जीतविहीन हुने एक्लो टिम हो ।
आज भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो ।


















