धरान । सशस्त्र प्रहरी बल नेपालले धरानबाट प्रतिबन्धित पटाका र भारतबाट अवैध रूपमा भित्र्याइएको १५० केजी सयपत्री फूल बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुरक्षा बेस क्याम्प धरानबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा करिब ५५ हजार रुपैयाँ बराबरका दुई बोरा प्रतिबन्धित पटाका र सयपत्री फूल बरामद गरेको हो ।

बरामद गरिएका पटाका तथा फूल नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।