इटहरी । आज शेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा अडिएको छ ।  

नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।  

सूचक बढ्दा आज ९ समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा होटल तथा पर्यटन समूह १.०७ प्रतिशतले बढेको छ ।  बैंकिङ समूह ०.५२ प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.३१ प्रतिशत, जीवन बीमा समूह ०.०९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१३ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१० प्रतिशत र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ ।  

आज वित्त समूह ०.०१ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले घटेका छन् ।   

आज सर्वाधिक कमाउने कम्पनीमा शिखर पावर डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको शेयरभाउ ५.९४ प्रतिशतले बढेको छ । रिभर फल्स पावरको ५.८० प्रतिशत, प्रभु सेलेक्ट फण्डको ४.१४ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.७७ प्रतिशत, एनआइसी एशिया बैंकको ३.२३ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को ३.१८ प्रतिशत, सानिगाड हाइड्रोको ३.०७ प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको ३ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ३ प्रतिशत र श्रृजनशील लघुवित्तको २.९८ प्रतिशतले बढेको छ ।  

बढेको बजारमा सर्वाधिक गुमाउने कम्पनीमा भने बेनी हाइड्रो रहेको छ । यो कम्पनीको शेयरभाउ ५.०४ प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोको ४.९४ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ४.२३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.५७ प्रतिशत, एनआइएमबी डिबेञ्चरको २.९९ प्रतिशत, लक्ष्मी उन्नति कोषको २.९६ प्रतिशत, एनसीसी डिबेञ्चरको २.७४ प्रतिशत, युनिभर्सल पावरको २.३३ प्रतिशत, एनएमबी हाईब्रिड फण्ड एल–२ को २.२६ प्रतिशत र कुमारी सबल योजनाको २.१६ प्रतिशतले घटेको छ ।

कारोबार रकम घटेको बजारमा आज ग्लोबल आईएमई बैंकको सर्वाधिक अर्थात् २३ करोड १४ लाख ५२ हजार ३१९ रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा बुटवल पावर, कुमारी बैंक, सोल्टी होटल र सानिमा मिडल तमोर हाइड्रोपावर रहेका छन् । 

सूचक बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८५ अर्ब ९३ करोड ५ लाख २१ हजार ९२४ रुपैयाँ कायम भएको छ ।