काठमाडौं। नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी नियुक्त भएका छन्।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।
यसअघि ३३ औं आईजीपीका रूपमा कमान्ड सम्हालिरहेका दानबहादुर कार्कीलाई भने पदबाट हटाउँदै सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी सुम्पिएको छ।
शासकीय एवं राजनीतिक तहमा प्रहरी नेतृत्वप्रति अविश्वास चुलिएपछि सरकारले आजै आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक डाकेर कार्कीलाई कमान्डबाट हटाउने र प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको आलंकारिक भूमिकामा पठाउने निर्णय गरेको हो।
नेपाल प्रहरीभित्र ‘व्यावसायिक र निडर’ छवि बनाएका डा. मनोज कुमार केसी नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता उच्च पदस्थहरू मुछिएका जटिल र बहुचर्चित अपराधहरूको निष्पक्ष अनुसन्धानका लागि चिनिन्छन्।


















