धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले विभिन्न मितिमा बरामद गरेका लागूऔषध अनुसन्धान प्रक्रिया पूरा भएपछि नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार बरामद लागूऔषध धनकुटा नगरपालिका–९ स्थित मूलघाटमा रहेको तमोर नदी किनारमा जलाइएको हो ।
बुधबार दिउँसो प्रहरी टोलीले गाँजा र प्रतिबन्धित ट्याब्लेट जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















