दमकः झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा पार्किङ गरी राखिएको यात्रुवाहक म्याजिक भेनमा अचानक आगलागी हुँदा गाडीमा क्षति पुगेको छ ।


बिहीबार बिहान करिब पौने ३ बजे चुडामणि भट्टराईको घरको उत्तरपट्टि गाडी पार्किङका लागि बनाइएको स्थानमा राखिएको मे १ ज २५६१ नम्बरको म्याजिक भेनमा आगलागी भएको हो ।


बुद्धशान्ति–३ निवासी दाताराम अधिकारीको नाममा रहेको उक्त गाडीमा आगलागी हुँदा भित्री भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


आगलागीबाट गाडीभित्र राखिएको गाईवस्तुको कुटी काट्ने प्रयोजनका लागि भर्खरै खरिद गरिएको एउटा नयाँ विद्युतीय मोटरसमेत जलेको छ । त्यसैगरी गाडीका कागजपत्र पनि जलेका छन् । 

पार्किङमा राखिएको गाडीमा अचानक आगलागी हुनुको कारण खुल्न सकेको नसकेको बताइएको छ ।