काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए ।
भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

















