इटहरी । देशका विभिन्न जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा भेटिएका हुन् । 

प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका–८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका थिए । 

उता, मोरङको केराबारी गाउँपालिका–२ फाइवा बस्ने ३१ वर्षीया पार्वती लिम्बू सोही ठाउँको बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुलीको मरिण गाउँपालिका–२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मानबहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीकोट बस्ने ६७ वर्षीय मीनबहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।


घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।