इटहरी । तिहार बिदा सकिए लगत्तै खुलेको नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च दरमा घटेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ ।
आज सुनको भाउ प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आज प्रति तोला ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।


















