धरान ।  आयोजक स्वर्णिम क्लबलाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै नेपाल पुलिस क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति धरान १६ स्थित रंगशालामा भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा आयोजकलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । 

मध्यान्तरअघिको छैटौँ मिनेटमै मीना देउवाले गोल गर्दै पुलिस क्लबलाई अग्रता दिलाएकी थिइन् । ३० औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । यस्तै, ३४ औँ मिनेटमा मीना देउवाले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । मध्यान्तरपछिको नवौँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् भने १६ औँ मिनेटमा बिर्षना चौधरीले र ३२ औँ मिनेटमा अनुष्का शेर्पाले गोल गर्दै पुलिसलाई ६–० को जीत दिलाउँदै उपाधि नजिक पुर्याए । 

खेलको प्लेयर अफ दि म्याच नेपाल पुलिस क्लबकी मीना देउवा घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको 

पुलिसले शनिबार उपाधिको लागि अर्को विभागीय टोली एपिएफको सामना गर्ने भएको छ । एपिएफ बुधबार भएको पहिलो सेमीफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ ।