काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् ।
स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित र हाल पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा रहेका जनप्रतिनिधिलाई पदमुक्त गर्न लागिएको हो । सभापति थापाले देउवा पक्षलाई अर्कै पार्टी भएको बताए । पार्टी विधान अनुसार उनीहरूलाई पदमुक्त गर्ने सभापति थापाले चेतावनी दिए ।
एउटै दलको दुई महाधिवेशन हुन नसक्ने बताउँदै संस्थापन पक्षले कांग्रेसबाट निर्वाचित भएका र अर्को समूहतिर लागेकालाई कारबाही गर्ने संकेत गरेको हो । देउवा पक्षको महाधिवेशन नजिकिएसँगै सभापति थापाले उक्त पक्षमा लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्ने चेतावनी दिएका हुन् ।
देउवा पक्षको महाधिवेशनमा खुलेर लाग्नेहरूलाई पदमुक्त गर्न लागिएको हो । ती नेताका अनुसार दुबै पक्षतिर नलागी तटस्थ बसेकाहरूको हकमा भने कारबाही हुने छैन । आफू निर्वाचित भएको दल त्याग गरेको अवस्थामा पार्टीले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ ।


















