All Posts By इटहरी खबर संवाददाता

    Showing ९९१-१,००० of ३,०८६ items.
  • वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

    पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ । चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ११७ पटक पढिएको
  • विश्वकप लिग–२ : आज अमेरिकालाई हराउने दाउमा नेपाल

    काठमाडाैं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपालले आज (आइतबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ। लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्ल लागेको हो। नेपाल र अमेरिकाबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ।नेपालले नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्ने छ । लिग–२ का लागि लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आर

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २०५ पटक पढिएको
  • रास्वपाको आन्दोलन जारी, आज माइतीघरमा प्रदर्शन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।शनिवार बसे

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २६० पटक पढिएको
  • नेपाल प्रहरीका जवान विराटनगरमा झुन्डिएको अवस्थामा मृत फेला

    विराटनगर, मोरङ: विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित डेरामा बस्दै आएका नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। संखुवासभा मादी नगरपालिका–१ घर भएका ३१ वर्षीय जवान योगेन्द्रकुमार कार्की जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत थिए।मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कार्की राति ८:१० बजेतिर आफ्नै कोठामा पंखाको हुकमा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्। कार्कीकी श्रीमती इन्दु थापा, जो आफैं जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन्, ड्युटी सकेर घर फर्किंदा घटनाबारे थाहा भएको थियो।एसपी नारायणप्रसाद चिमरियाका अनुसार कार्कीको डेरामा फर्किंद

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २१३ पटक पढिएको
  • सम्पर्कविहीन १२ प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिनको अल्टिमेटम

    काठमाडौं — नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफुखुसी कार्यालयमा अनुपस्थित रहेका ती कर्मचारीलाई लिखित स्पष्टीकरणसहित हाजिर हुन अल्टिमेटम दिएको हो। प्रहरी नियमावली, २०७१ को नियम ११५ को दफा २ अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरे पनि उनीहरू सम्पर्कमा नआएका कारण यस्तो निर्देशन दिइएको जनाएको छ।प्रहरीका अनुसार कार्यालयले ती कर्मचारीलाई खोजतलास गरे पनि सफल नभएको र सम्पर्कमा नआएमा थप कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • २०४ पटक पढिएको
  • पथरी शनिश्चरेमा आफ्नो माैलिकता र संस्कृति जाेगाउन, खुल्ला भजन प्रतियोगिता

    पथरी शनिश्चरे -मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ।आज शनिबार मोरङको पथरी शनिश्चरे वडा नं ३ को आइतबारेमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो।पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा नगरभित्रका नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए।पथरी शनिश्चरे वडा नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आथित्यतामा गरिएको सो कार्यक्रममा  सभापतित्व महिला जागरुक हरिकेतन सम

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ४०१ पटक पढिएको
  • कोशी प्रदेशमा प्रयोगविहीन झोलुंगे पुल सारिने तयारी

    -भोजराज घिमिरे विराटनगर, कात्तिक १० – कोशी प्रदेश सरकारले पहाडी क्षेत्रमा पक्की पुलको छेउछाउमा रहेका प्रयोगविहीन झोलुंगे पुललाई अन्यत्र सार्ने तयारी थालेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा रहेका यस्ता झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यत्र सार्ने निर्णय गरेको हो।भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार, पहिले यातायातका लागि झोलुंगे पुल निर्माण गरिए पनि पछि सडक विस्तार र पक्की पुल निर्माण भएपछि ती झोलुंगे पुलको प्रयोग घटेको छ। "पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै छेउमा झोलुंगे पुल छन्, तर ती पुलहरू अब प्रयोगविहीन छन्। पहिलो चरणमा

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • २२३ पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको कति?

    इटहरी । सुनको मूल्य शुक्रबार स्थिर छ। बिहीबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्यमा कुनै फेरबदल नभएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने केही सस्तिएको छ। बिहीबार २०९५ रुपैयाँ प्रतितोला कारोबार भएको सेतो धातु शुक्रबार २ हजार ७० रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ७२६ अमेरिकी डलर र चाँदी ३३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २८७ पटक पढिएको
  • विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको बिजुली

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ । डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ । त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ ।गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २७४ पटक पढिएको
  • स्याङजामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ

    स्याङ्जा । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सवारीचालकलाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । घटना गत वैशाखको हो । गाउँमै जीप चलाउँदै आएका सूर्यले किशोरी डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल