इटहरी । आज फेरि सुनचाँदीकै मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। विगत सात दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको मूल्यमा थप आठसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६६ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६५ हजार नौ सय रुपैयाँ थियो।चाँदी पनि आज तोलाको ३५ रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको छ। आज चाँदीको मूल्य दुई हजार एकसय ३५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार एकसय रुपैयाँ थियो।असोज अ
झापा । झापाको दमकमा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक–९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए । मंगलबार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक–३ का वडाध्यक्ष नवीन बरालले बताए ।
काठमाडौं । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ ।यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ । वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको
काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ‘ए’ टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।गए राति सम्पन्न अभ्यास खेलमा अमेरिका ‘ए’ ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो ।जवाफमा अमेरिका ‘ए’ ले ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो । यस अभ्यास खेलमा लिग–२ को खेल अघि अमेरिका ‘ए’, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् । आज अभ्यास खेल अन्तर्गत अमेरिका ‘ए’ र स्कटल्याण्ड खेल्दै छन् ।
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका लागि उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन् ।उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछिन् ।
धरान । संखुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् । लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिबेला संखुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन् ।‘पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ’, उनले सुनाइन् । सुरुआती सम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन् ।सरकारको १०० दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेता र मन्त्रीहरु सहभागी छन् ।
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनमा एकै पटक तीन वटा सवारीसाधन ठोकिँदा एक चालकको मृत्यु भएको छ भने दुई सहचालक घाइते भएका छन् । चितवनको रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा गए राति दुई ट्रक र एउटा ट्याङकर आपसमा ठोक्किएका हुन् । एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् भने एक जनालाई पक्राउ गरिएको छ । मंगलबार राति साढे ११ बजेतिरको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर आपसमा ठोकिएका हुन् । ट्य
- भोजराज घिमिरे इनरुवा – सुनसरीको इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई कारवाही गर्न प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल कोशी प्रदेशले माग गरेको छ। गत शनिबार स्वास्थ्य कार्यालय सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्षमै हातपात र अमर्यादित गालीगलौज गरिएको थियो।यस घटनाप्रति आपत्ति जनाउँदै महासंघका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। महासंघको विज्ञप्तिमा भनिएको छ, “अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमा
इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि बढेको हो । स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ । यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ । उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव ए