All Posts By इटहरी खबर संवाददाता

    Showing १,०४१-१,०५० of ३,०८६ items.
  • पोखरा-बेनी सडकमा गुड्ने ट्याक्सी चालकले यात्रुसँग असुल्छन् तोकिए भन्दा दोब्बर भाडा

    कास्की । कास्कीको पोखरा जान मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित काउण्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई ट्याक्सी चालकले चार हजार रुपैयाँ भाडा मागे। रघुगङ्गा(२ भगवतीकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार रुपैयाँ भाडा मागेको गुनासो गरिन्। बेनी(पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीले आफूखुशी भाडा तोक्ने गरेको अन्य यात्रुले पनि गुनासो गर्ने गरेका छन्।  ‘काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन्’, शर्माले भनिन्, ‘काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ।’सरकारले

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २१९ पटक पढिएको
  • वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

     वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ। यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको  एक लाख ३५ हजार पाँच  सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ।भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलक

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • १९१ पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

    काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २६१ पटक पढिएको
  • देशभरको मौसम आंशिक बदली, कर्णालीमा वर्षा हुँदै,कस्तो हुन्छ अबको ३ दिन देशभरको मौसम?

    इटहरी । हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।यतिबेला (बुधबार बिहान) कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। अहिले कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ।राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भूभ

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • १६१ पटक पढिएको
  • छवि र रविलाई बयानका लागि पाँच जिल्ला पुर्‍याइँदै

    काठमाडौं । पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति रवि लामिछाने बुधबार छुट्ने बताइरहेका बेला प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई थप फराकिलो बनाउँदै लगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई सोमबार नै रुपन्देही लगिसकिएको  छ ।  असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन रुपन्देही लगिएको हो । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • १९९ पटक पढिएको
  • सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न खटाइए सीआईबीका डीएसपी तिवारी

    काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई खटाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई पठाइएको छ ।सूर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुई जना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् ।अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला प्रहरी

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • २३८ पटक पढिएको
  • उदयपुरमा घरायसी विवादका क्रममा श्रीमानले आगो लगाउँदा महिलाको मृत्यु

    उदयपुर — उदयपुर जिल्लाको बेलका नगरपालिका–८ मा घरायसी विवादको क्रममा आफ्नै श्रीमान्‌ले पेट्रोल खन्याएर शरीरमा आगो लगाउँदा ४० वर्षीया पूर्णकुमारी राईको मृत्यु भएको छ। घटनामा संलग्न ४८ वर्षीय दानबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार असोज २२ गते घरायसी विवादको क्रममा दानबहादुरले पत्नी पूर्णकुमारीको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आगोले शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी पूर्णकुमारीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा सोमबार उहाँको मृत्यु भएको उदयपुर जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमन बानियाले जा

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • ३४२ पटक पढिएको
  • उदयपुरका बालकको जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु, अर्को बालक भेन्टिलेटरमा

    विराटनगर - मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ११ वर्षीय बालक अनमोल राईको जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु भएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ निवासी राईको सोमबार बिहान निधन भएको अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिएका छन्।तीन महिनाअघि ज्वरो, टाउको दुख्ने, वान्ता र बेहोसीका लक्षण देखिएका अनमोललाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा गरिएको परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको थियो। अस्पताल प्रशासनका अनुसार उनलाई करिब तीन महिनाअघि क्यूलेस जातको लामखुट्टेको टोकाइबाट यो रोग लागेको हुनसक्छ। लामो समयसम्म उपचार गर्दा पनि ब

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • ३२५ पटक पढिएको
  • देशभर पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं, असोज ६ – देशभर पश्चिमी वायुको प्रभाव रहिरहेसँगै केही स्थानमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, अहिले मधेस, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।महाशाखाका अनुसार, मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्ज

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • ३४४ पटक पढिएको
  • अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो टी-२० सिरिज ‘क्लिन स्विप’

    काठमाडाैं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार बिहान भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो। नेपालले एक खेलअगावै आइतबार सिरिज जितिसकेको थियो। पहिलो खेल १७ रनले जितेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो। सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन ब

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ३८१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल