इटहरी । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिव समेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन् । यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी हुन् ।
विराटनगर -हाल नेपालभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा लुम्बिनी र मधेस प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ।मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा पनि लुम्बिनी प्रदेश र देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहिरहने तथा केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।साथै, देशका उच्च प
पोखरा । सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए ।‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत लैजाँदै रास्वपा कार्यकर्ता र सहकारीपीडित दुवै पक्ष प्रदर्शनमा उत्रिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता– कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन् । एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भए पनि तनावको अवस्था सिर्जना हुने अनुमान गरिएको छ । रास्वपाले सहिद चोकमा भेला हुने आइत
एजेन्सी । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको दाबी हमासका अधिकारीहरूले गरेका छन्।बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्।उनीहरूका अनुसार शनिबार अबेर राति गराइएको बम विस्फोटमा धेरै मानिस घाइते पनि भएका छन्। अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ। यस आक्रमणबारे इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ। साथै इजरायली सेनाले हमासले हताहतीबारे बढाइचढाइपूर्ण बताएको र यो आफ्नो जानकारीसँग नमिल्ने दाबी पनि गरेको छ।यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्
इटहरी । सुनको मूल्यले दिनहुँ महँगो मूल्यको नयाँ-नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार, बिहीबार र शुक्रबार तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको महासंघले जनाएको छ। शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज अत्यधिक बढेको छ। तोलामा एकैदिन ९५ रुपैयाँ बढेर चा
इटहरी । कोशी प्रदेशका सामुदायिक वनकर्मी अभियान्ता र सरोकारवालाहरुको छलफलले हालसम्म सामुदायिक वनले गरेको योगदानको समिक्षा गर्दै अबको १० बर्षमा सामुदायिक वनलाई उद्यमसँग जोड्दै समृद्ध मुलुक निर्माणको मार्गमा लैजाने साझा धारणा बनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कोशी प्रदेशको आयोजनामा सुनसरीको इटहरीमा शनिवार भएको ‘बदलिदो परिस्थितीमा अबको सामुदायिक वनको भूमिका’’ बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागी उनीहरुले साझा धारणा बनाएका हुन् । छलफलमा कोशी प्रदेशका १४ जिल्लाका महासंघका अध्यक्ष, कोशी प्रदेश समितिका पदाधिकारीहरु, संघीय महासंघका पदाधिकारीहरु, सामुदायिक वन विज्ञह
काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ । उपचारका क्रममा उनको आज (आइतबार) बिहान निधन भएको हो । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ ।टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए । उनी नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएका छन् ।टेम्पल टाइगर ग्रुप अफ कम्पनीका
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।
काठमाडौं । नेपाल र अमेरिकाबीच जारी तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल हात पारेको छ । निर्धारित २० ओभरको खेल समान १७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बनेको हो ।सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछ ।यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरि