All Posts By इटहरी खबर संवाददाता

    Showing १,१५१-१,१६० of ३,०८६ items.
  • ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

    सर्लाही । गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहको परिवार अहिले विचल्लीमा छ । आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको ६ जनाको परिवार सङ्कटमा परेको हो ।  ‘जदु घरको एक मात्र कमाउने सदस्य थियो’, उनका बुवा ७० वर्षका पञ्चलाल सिंहले भने, ‘श्रीमती, दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो । हाम्रो विचल्ली भयो, घरबार धान्ने एक मात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाँच्नु ?’ जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिएक

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३१२ पटक पढिएको
  • पूर्वी पहाडको ‘लाइफ लाइन’ मेची राजमार्गमा पुनः पहिरो, मर्मत पनि राेकियाे

    इलाम । पहिरोले क्षत–विक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मत सम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मत सम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ । निरन्तरको वर्षाका पूर्वी पहाडी जिल्लाको ‘लाइफ लाइन’ का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको हो । इल

    • प्रकाशित मितिः असोज २०, २०८१
    • २७२ पटक पढिएको
  • आज बडादशैंकाे चाैथाे दिन : कुष्माण्डाको पूजा आराधना गरिँदै

    इटहरी । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे म

    • प्रकाशित मितिः असोज २०, २०८१
    • २१५ पटक पढिएको
  • विराटनगरको पुरानो संचयकोष कार्यालयमा एक पुरुष मृत फेला

    विराटनगर – विराटनगर महानगरपालिका–९ स्थित पुरानो संचयकोष कार्यालयको पेटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार दिउँसो करिब ५५ वर्षीय ती पुरुषको शव भेटिएको वडा प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुलेको छैन। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको र पहिचानको लागि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए।प्रारम्भिक अनुसन्धानबाट ती पुरुष मागेर गुजारा गर्दै आएको देखिएको छ। थप विवरणहरू प्राप्त भएपछि मात्र घटनाको सत्यतथ्य खुल्न सक्ने प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ४१९ पटक पढिएको
  • दुर्गा माविको टोली सुझाव संकलन गर्न प्रत्येक घरमा पुग्दै

    पथरी शनिश्चरे - पथरी शनिश्चरे नगरपालिका वडा न.- ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखि ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिए । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्रचार गरेपछि विभिन्न कार्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ७३४ पटक पढिएको
  • बिराट राजवंशी ले कार्तिक ३ गते प्रथम हुकाहुकी कार्यक्रम भव्य साथ मनाउने

    - राजेश कुमार राजवंशी विराटनगर - मत्स्य देशका राजा विराट महाभारतकानदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर हुकाहकी भन्दै विराट राजवंशी समुदायले मनाउने पुरखौली चलन रहीआएको छ ।कार्यक्रम को प्रमुख  अतिथि राजवंशी समाज  उत्थान समिति केन्द्रीय अध्यक्ष भुवनेशवर राजवंशी ले सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहकी खेल्ने पौरानिक चलन छ बताए

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ४२१ पटक पढिएको
  • हेटौंडाबाट साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ

    मकवानपुर, हेटौंडा — मकवानपुर प्रहरीले साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित भारतको महाराष्ट्र राज्यका दुई व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा–१५ रातोमाटेमा चेकिङका क्रममा बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरमा पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका अभिषेक अजिनाथ कुटी (२५ वर्ष) र राहुल भिट्टिहाल बाड (२७ वर्ष) पक्राउ परेका हुन्। उनीहरूकै शरीरमा लुकाइएको अवस्थामा बिस्कुटको आकारमा सुन फेला परेको थियो।मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काको ने

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ५१५ पटक पढिएको
  • डीआईजीको हातबाट पथरीको प्रहरी भवन उद्घाटन

     पथरी -प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका प्रहरी कार्यालय पथरीको भवन सुक्रबार उद्घाटन भएको छ । डीआईजी चन्द्रकुवेर खापुङ्ग र पालिका प्रमुखहरुको हातबाट रिवन काटेर भवन उद्घाटन भएको थियो । पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका लगायतबाट सहयोग संकलन गरेर एक तले पक्की भवन निर्माण भएको थियो । सो भवन इलाका प्रहरी कार्यालय प्रमुखको क्वाटरको रुपमा प्रयोगहुने निर्माण समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख खापुङले १८ लाख मा चार कोठे पक्की भवन बनाएकोमा प्रहरी, स्थानीय पालिकाहरु र निर्माण समितिलाई धन

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ३५६ पटक पढिएको
  • ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त

    इटहरी । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावग्रस्त बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो ।आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर  ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयासपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबा

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ३५४ पटक पढिएको
  • असोज लागेसँगै मनाङमा बढ्यो पर्यटकको चहलपहल

    मनाङ । असोज महिना लागेसँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरेका छन्।एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो। बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए। असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ।गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ। केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए। सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्य

    • प्रकाशित मितिः असोज १८, २०८१
    • २९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल